Kathmandu Press

धोबीखोलामा फेरि खस्यो कार

यसअघि गत पुसमा सोही स्थानबाट कार खसेको थियो। 
धोबीखोलामा फेरि खस्यो कार

काठमाडौं, फागुन ४ : काठमाडौंको अनामनगरस्थित धोबीखोलामा फेरि कार खसेको छ।

आइतबार साँझ अनामनगरको मदन भण्डारी कलेज छेउको पुलबाट कार खसेको हो।

Hardik ivf

 कार खसेपछि साँझ थुप्रै मानिसहरु जम्मा हुँदा ट्राफिक जाम नै भएको थियो। 

प्रहरीले घटनाबारे बाँकी विवरण सार्वजनिक गरिसकेको छैन। 

यद्यपि मानवीय क्षति भने नभएको बताइएको छ। 

अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ। 

यसअघि गत पुसमा सोही स्थानबाट कार खसेको थियो। 

 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, फागुन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्