प्रधानमन्त्री कार्यालय विरूद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
प्रधानमन्त्री कार्यालय विरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
प्रधानमन्त्री कार्यालय विरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले उक्त मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
गत सोमबार सर्वोच्च अदालतमा गिरिबन्धु टी-इस्टेत सम्बन्धी फैसला कार्यान्वयन नगरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर गत सोमबार रिट दायर गरेका थिए।
उनले सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्नेमा सरकारले अध्यादेश ल्याएर अवरोध सिर्जना गर्न खोजेको भन्दै रिट दायर गरेका थिए।
उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
प्रकाशित मिति: १९:१४ बजे, आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

