आक्रोसित ओलीले प्रभु साहलाई भने– के म मेनपावरको मान्छे हुँ?
सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोसित भए।
काठमाडौं, फागुन ४ : सांसद प्रभु साहले उठाएका प्रश्नप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति जनाएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोसित भए।
प्रधानमन्त्री ओलीले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन्।
‘उहाँका प्रश्नहरु, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन?, युवा विदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो?,’ उनले भने, ‘तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद ।’
‘विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो? विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो?, अहिलेको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो?,’ जस्ता प्रश्नहरू साहले प्रधानमन्त्रीलाई गरेका थिए।












