Kathmandu Press

झलनाथ खनाल भन्छन्– सरकारको केही हुत्ति छैन 

‘दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन। एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न सक्ने हुत्ति सरकारसँग छैन,’ उनले भने, ‘अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हँुदैन, हुने सम्भावना देख्दिन। फेल भयो भने यो सरकार के गर्छ।’
झलनाथ खनाल भन्छन्– सरकारको केही हुत्ति छैन 

काठमाडौं, फागुन ४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुति नभएको बताएका छन्। 

आइतबार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताए। 

‘दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन। एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न सक्ने हुत्ति सरकारसँग छैन,’ उनले भने, ‘अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हँुदैन, हुने सम्भावना देख्दिन। फेल भयो भने यो सरकार के गर्छ।’

उनले बहुदलीय समाजवाद वैज्ञानिक नभएको बताए। अहिले नेपाल समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा रहेको बताउँदै उनले अब प्राप्त गर्न बाँकी समाजवाद भएको उल्लेख गरे। 

‘अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो। त्यो बैज्ञानिक समाजवाद होइन। कसैले प्रजातान्त्रिक समाजबाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो,’ उनले भने।
 
नेता खनालले सही बैचारिक राजनीतिक कार्यदिशा बनाउन नसके अप्ठ्यारोमा पर्ने पनि बताए। 

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्