विपिन जोशी चाँडै रिहा हुने परराष्ट्रमन्त्री राणाको भनाई
‘हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौं। हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्।’
काठमाडौं, फागुन ४ : ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी चाँडै नै रिहा हुने बताएकी छन्।
कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग ओमानको राजधानी मस्कटमा भेटवार्ता गरेपछि मन्त्री राणाले जोशी चाँडै रिहा हुने जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्चालमार्फत यस्तो जानकारी दिएकी हुन्।
उनले सामाजिक सञ्चालमार्फत भनेकी छन्, ‘हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौं। हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्।’
परराष्ट्र मन्त्री राणा हिन्द महासागर सम्मेलन–२०२५ मा सहभागी हुन ओमान पुगेकी हुन्। राणाले कतारी राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिइन्।
प्रकाशित मिति: १५:५२ बजे, आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

