Kathmandu Press

गठबन्धनमा रहेका दलहरुबीच उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री 

प्रधानमन्त्री ओलीले भने, ‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन। हामीबीच उच्च विश्वास र समझदारी रहेको छ।’ 
गठबन्धनमा रहेका दलहरुबीच उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री 

काठमाडौं, फागुन ४ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस र एमालेबीच उच्च विश्वास र समझदारी रहेको बताएका छन्। 

उनले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताए। 

Hardik ivf

प्रधानमन्त्री ओलीले भने, ‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन। हामीबीच उच्च विश्वास र समझदारी रहेको छ।’ 

प्रधानमन्त्री ओलीले विकास, समृद्धि र स्थिरताका लागि नै प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको पनि प्रष्ट पारे। 
 
प्रकाशित मिति: १५:४० बजे, आइतबार, फागुन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्