अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न पूर्ण रुपमा बन्द
अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।
काठमाडौं, फागुन ४ : कीर्तिपुर बर्न अस्पतलामा उपचार गराइरहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग भेटघाट बन्द गरिएको छ।
शनिबार पोखरामा बलुन विस्फोट हुँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आर्याचलाई शनिबार साँझ नै कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो। उनीहरुको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
उनीहरुलाई भेट्न आउनेले अस्पतालमा भीड बढेपछि अस्पतालले भेट्न रोक लगाएको हो। दुवैको स्वस्थ्य सुरधारोन्मूख छ।
अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।
प्रा.डा.वि.डी.झाडा प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली ,प्रा.डा.शंकर मान राई, डा.विशाल कार्की, डा मनिष यादवलगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली डा.निजीना ताम्राकार मेडिकल डाईरेक्टरतगायत उपचारमा संलग्न रहेका छन्।












