Kathmandu Press

शंखरापुर स्कुल बस दुर्घटनामा थप एक जनाको मृत्यु

आइतबार उपचारका क्रममा १० वर्षीय सनसाइन तामाङको मृत्यु भएको हो। उनको मेडिसिटी अस्पताल उपचार भइरहेको थियो। 
शंखरापुर स्कुल बस दुर्घटनामा थप एक जनाको मृत्यु

काठमाडौं, फागुन ४ : गत साता शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा घाइते भएका थप एज जनाको मृत्यु भएको छ। 

बुधबार नगरकोटबाट पिकनिक गएर फर्कने क्रममा शंखरापुरमा बस दुर्घटनामा मृत्यु भएको थियो। 

आइतबार उपचारका क्रममा १० वर्षीय सनसाइन तामाङको मृत्यु भएको हो। उनको मेडिसिटी अस्पताल उपचार भइरहेको थियो। 

दुर्घटनामा त्यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो।

चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाई यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको थियो। दुर्घटनामा ४० जना घाइते भएको थिए ।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्