Kathmandu Press

अमेरिकाले नेपालीलाई नेल र हत्कडी लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सांसद केसीको ध्यानाकर्षण 

सांसद केसीले भारतीय नागरिकलाई नेल, हत्कडी र जन्सीर लगाएर उनीहरुको देशमा फिर्ता गरेको भन्दै यसैगरी नेपालीलाई डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्ने भएकाले समयमै सचेत रहनुपर्ने बताए। 
अमेरिकाले नेपालीलाई नेल र हत्कडी लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सांसद केसीको ध्यानाकर्षण 
फाइल तस्बिर।

काठमाडौं, फागुन ४ : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका नेपालीलाई नेल र हत्कडी लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सचेत रहन संसद र सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले भारतीय नागरिकलाई नेल, हत्कडी र जन्सीर लगाएर उनीहरुको देशमा फिर्ता गरेको भन्दै यसैगरी नेपालीलाई डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्ने भएकाले समयमै सचेत रहनुपर्ने बताए। 

‘नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन्। नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेरिकी सरकाले नेल, हत्कडी र जन्जीर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ,’ केसीले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ। त्यसैले यदि अमेरिकामा गैरकानुनी तबरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु।’
 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्