Kathmandu Press

अब महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा 

आइतबार अस्थायी प्रहरी पोष्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो। 
अब महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा 

कास्की, फागुन ४ : कास्कीको पोखरामा ‘अस्थायी प्रहरी पोष्ट नदिपुरमा महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु भएको छ। 

आइतबार अस्थायी प्रहरी पोष्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो। 

Hardik ivf

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले महिला टिमले शान्ति सुरक्षा कामय गर्ने कुरामा अन्य विभिन्न कार्यपनि उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको भन्दै त्यसको कदर गर्दै महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु गरिएको जानकारी दिए। 

‘अनुसन्धान विज्ञहरु हाम्रो महिला टोलीहरु हुनुहुन्छ। उत्सृष्ट कार्यक्रमहरु पनि प्रदर्शन गरिसक्नुभएको छ। र शान्ति सुरक्षा कामय गर्ने कुरामा पनि उहाँहरुको कार्य अत्यन्तै स¥हानीय छ। जिल्ला प्रहरी कार्यालय, कास्की अन्तर्गत करिब एक सय ३५ जना महिला कर्मचारीहरु कार्यरत हुनुहुन्छ,’ उनले भने, ‘कास्कीको शान्ति सुरक्षा कामय गर्ने क्रममा उहाँहरुले उत्कृष्ट योगदान रहेको अवस्थामा महिला टिममात्र राखेर किन एउटा युनिट खडा नगर्ने भनेर यो कार्य सुभारम्भ गरेको छौं।’ 

उनले प्रायजसो महिलाहरुको टिम जहाँ पनि र जतिपनि छन् सबै अनुशासित रहेको पनि बताए। 

उनले सवारी दुर्घटनालाई नै हेर्दा पनि त्यसमा पुरुषभन्दा महिला अत्यन्तै कम भएको देखिएको त्यसमा पनि महिला नै बढि अनुशासित रहेको बताए। 
 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, फागुन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्