संसदमा चन्द्र भण्डारीले भने– जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने बाहेक अरु काम भएन
बैठकमा उनले जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने काम अन्य यो विषयमा अन्य केही हुन सकेको बताएका छन्।
काठमाडौं, फागुन ४ : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
बैठकमा उनले जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने काम अन्य यो विषयमा अन्य केही हुन सकेको बताएका छन्। उनले जलन अस्पताल बनाउने घोषणा भए पनि कामले गति लिन नसकेको गुनासो गरे।
‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ । उहाँ दुई जनालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो। जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो। धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्युहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन।’
उनले सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे।












