Kathmandu Press

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न राष्ट्रपति पौडेल कीर्तिपुरमा

राष्ट्रपति पौडेल उनीहरुको स्वास्थय अवस्था बारे जानकारी लिन आइतबार बिहान कीर्तिपुर बर्न अस्पताल पुगेका हुन्।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न राष्ट्रपति पौडेल कीर्तिपुरमा

काठमाडौं, फागुन ४ : कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल पुगेका छन्।

राष्ट्रपति पौडेलले उनीहरुको स्वास्थय अवस्था बारे जानकारी लिन आइतबार बिहान कीर्तिपुर बर्न अस्पताल पुगेका हुन्।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको शनिबार पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन पड्कँदा घाइते भएका थिए। उनीहरुको अनुहार र हातमा जलन भएको छ। 

सामान्य उपचारपछि उनीहरुलाई शनिबार साँझ नै थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो। दुवैलाई सघन उपचार कक्षमा राखेरमा उपचार गरिँदैछ। 

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्योपचार र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए।

प्रकाशित मिति: ११:२५ बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्