विद्यार्थीहरु पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
१२औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तर्गत फर्म टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले समाजमा भिज्नको लागि पनि पढाईसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताए।-1739683657.jpg)
काठमाडौं, फागुन ४ : उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन्।
१२औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तर्गत फर्म टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले समाजमा भिज्नको लागि पनि पढाईसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताए।
‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ। आफ्नो जिवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ। विद्यार्थीहरुले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलको पनि महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘विद्यार्थी जिवनमा आफ्नो व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरुमा सहभागी जनाउनुपर्छ।’
मन्त्री सिंहले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए । उनले क्रिकेटलाई अगाडि बढाउन यस्ता प्रतियोगिताहरुले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

