लकडाउनको पालना गराउन स्काउट लिडर परिचालन
भक्तपुर, वैशाख १६ : लकडाउनको पालना गराउनका लागि भक्तपुरमा नेपाल स्काउटका स्काउट लिडर परिचालन गरिएको छ। स्थानीय सरकारसँगको समन्वयमा उनीहरुलाई परिचालन ग....

भक्तपुर, वैशाख १६ : लकडाउनको पालना गराउनका लागि भक्तपुरमा नेपाल स्काउटका स्काउट लिडर परिचालन गरिएको छ। स्थानीय सरकारसँगको समन्वयमा उनीहरुलाई परिचालन गरिएको हो।
भक्तपुरका भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाका विभिन्न स्थानमा स्काउट लिडर परिचालन गरिएको भक्तपुर स्काउटका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले बताए। उनीहरुले विभिन्न स्थानमा खटिएर लकडाउन पालना गराउन सहयोग गर्ने उनको भनाइ छ।
उनका अनुसार स्काउट लिड बिहान र बेलुकी खटिनेछन्। भक्तपुर नगरपालिकामा करिब ५० जना, सूर्यविनायक नगरपालिकामा ४० जना र मध्यपुर थिमि नगरपालिकामा २० जना खटिएको स्काउटले जनाएको छ।
यससँगै उनीहरु अन्य सामाजिक काममा पनि परिचालन गरिने भएका छन्। पछिल्लो समय उनीहरु भक्तपुरको जगातीमा खाना खुवाउने, लाइन मिलाउने, आ–आफनो गाउँठाउँंमा बसमा चढाई पठाउनेलगायतका काममा खटिएका थिए।
भक्तपुर नगरपालिकामा नगर भरी, सूर्यविनायक नगरपालिकामा नगरपालिकाको केन्द्रको रुपमा रहेको सूर्यविनायक र पाण्डुबजार, मध्यपुर थिमि नगरपालिकामा थिमि बजार, गठाघरलगायतका मुख्य–मुख्य चोक बजारहरुमा खटिएका छन्। कामबिना नै सडकमा निस्केका नगरबासीहरुलाई सम्झाइबुझाइ गरी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनीहरुले अनुरोध गरिरहेका छन्।
उनीहरुले माइकिङ पनि गरिरहेका छन्। ‘लकडाउन परिपालना गरी आफू पनि बचौँ, अरुलाई पनि बचौं, कोरोना भाइरसको संक्रमणबाट बचौँ’ भन्ने नारासहित उनीहरुले सचेतना जगाउँदै आएका छन्।
लामो समयदेखि लकडाउन भएपछि सर्वसाधारण घरबाहिर निस्कन थालेका छन्। विशेष गरेर बिहान र साँझको समयमा कामबिना नै सर्वसाधारण सडकमा आउने गरेका छन्। त्यसैले स्वयंसेवकका रुपमा स्काउट लिडर परिचालन गर्नुपरेको कर्मचार्यले बताए।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ। पछिल्लो पटक लडाउन लम्ब्याएर वैशाख १५ गतेसम्म पुर्याइएको छ।
अहिलेसम्म नेपालमा ५२ जनामा कोरोना देखिएको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेको र अरुको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

-1792762148.jpeg)





-1792762148.jpeg)



