Kathmandu Press

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाउँदा र डिजेल र मट्टीतेलमा ४ रुपैयाँले घटाएको छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाडौं, फागुन ३ : नेपाली बजारमा पेट्रोलको मूल्य बढेको छ। 

पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। 

Hardik ivf

नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाउँदा र डिजेल र मट्टीतेलमा ४ रुपैयाँले घटाएको छ ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ। डिजेल रमट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ।

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। 

प्रकाशित मिति: २१:२० बजे, शनिबार, फागुन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्