Kathmandu Press

अस्पतालले भन्याे– मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ 

उनीहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५ देखि ६ प्रतिशत जलेको साथै अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको  छ।
अस्पतालले भन्याे– मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ 

काठमाडौं, फागुन ३ : पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ।

शनिबार पोखराबाट जलन घाईते भई कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएको अस्पतालले जनाएको छ।

Hardik ivf

उनीहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५ देखि ६ प्रतिशत जलेको साथै अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको  छ।

उपचारमा प्राडा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकरमान राई, डा.विशाल कार्की, डा.मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा.प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली संलग्न छ। 

प्रकाशित मिति: २०:१६ बजे, शनिबार, फागुन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्