Kathmandu Press

नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो। 
नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

काठमाडौं, फागुन ३ : नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ युवान प्रान्तीय टोलीसँग पराजित भएको छ। 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो। 

खेलको पहिलो हाफमै चिनियाँ युनान प्रान्तीय टोलीले अग्रता लिएको थियोे। सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे। 

चीनको नयाँ वर्षको अवसर पारेर मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, फागुन ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्