Kathmandu Press

अध्यादेश स्वीकृत गर्न सहमति जुटेको छ : गृहमन्त्री लेखक

शनिबार सत्ता पक्षीय दलहरूको बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकरात्मक रुपले निष्कर्षमा पुगेको बताए।
अध्यादेश स्वीकृत गर्न सहमति जुटेको छ : गृहमन्त्री लेखक

काठमाडौं, फागुन ३ : गृहमन्त्री रमेश लेखकले अध्यादेश स्वीकृत गर्न सहमति जुटेको बताएका छन्।

शनिबार सत्ता पक्षीय दलहरूको बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकरात्मक रुपले निष्कर्षमा पुगेको बताए।

Hardik ivf

‘बैठकमा सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदको दुवै सदनमा स्वीकृत गराउनुपर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ। समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएका छन्,’ उनले भने, ‘मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छफफल सकरात्मक रुपले निष्र्कषमा पुगेको छ।’

गृहमन्त्री लेखकले अध्यादेश पास हुने प्रकियामा अगाडि बढाउन अन्य नेताहरुसँग पनि फोन संवाद भएको जानकारी दिए। उनले जसपा अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यदावसँग बैठकमै फोनमा कुराकानी भएको बताए। 

‘अध्यादेश पास हुने प्रकियामा अगाडि बढ्छ। सबै राजनीतिक दलहरु सहमत भएका छन्। बहुमतको साथ अब चाँडै अघि बढ्छ।सहमती अनुसार अध्यादेश स्वीकृतको गर्छौ। सम्भवत फागुन ६ गते सभामा प्रस्तुत हुन्छ,’ गृहमनत्री लेखकले भने।

उनले अन्य अध्यादेशहरू जस्तै भूमिसम्बन्धी अध्यादेशमा पनि प्रतिस्थापन हुने बताए। 
संविधान संशोधनको विषयलाई छलफल गर्न कार्यदल बनाउने कुरामा सहमत भइसकेको उयनले बताए।  

उनले भने, ‘संविधानका सवल पक्ष र दुर्वल पक्षमा पहिचान गरी संविधानमा परिपार्जन संशोधनको आवश्यकताा छ पहिचान गरी सबैसंग संवाद गर्छौ।’
 

प्रकाशित मिति: १९:०५ बजे, शनिबार, फागुन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्