Kathmandu Press

पाँच अध्यादेश सत्ता गठबन्धनमा सहमति, भूमि अध्यादेशमा सहमति खोजिँदै

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा भूमिबाहेकका ५ अध्यादेश अगाडि बढाउने विषयमा सहमति  बनेको हो। 
पाँच अध्यादेश सत्ता गठबन्धनमा सहमति, भूमि अध्यादेशमा सहमति खोजिँदै

काठमाडौं, फागुन ३ : संसद्‍मा पुगेका ६ मध्ये पाँच संसदमा छलफलका लागि पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति बनेको छ। 

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा भूमिबाहेकका ५ अध्यादेश अगाडि बढाउने विषयमा सहमति  बनेको हो। 

Hardik ivf

बैठकको बीचमै सरकारमा सहभागी दल जसपा अध्यक्ष उपेन्द्र यादवसँग शीर्ष नेताहरुले टेलिफोनमा कुराकानी गरेपछि सहमति भएको हो। 

तर, भूमि अध्यादेशको विवाद भने कायमै छ। यसमा सहमतिका लागि थप छलफल गरिने भएको छ।

गृहमन्त्री रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद रापकिशोर यादवसँग छलफल गरेरै सहमति भएको बताएका छन्। दाबी गरेका छन्।

जसपाले भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नरहेको बताएको छ। उसले यो अध्यादेश विचौलियालाई जग्गा बाँड्ने नियतका साथ ल्याइएको बताएको छ।  

पाँचवटा अध्यादेश आइतबारको संसद्को बैठकबाट अगाडि बढाउने सम्भावना छ। 

प्रकाशित मिति: १६:२० बजे, शनिबार, फागुन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्