Kathmandu Press

अर्थमन्त्री पौडेल र मेयर अचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

त्यहाँ उपचार पछि दुवैलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो। उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो।
अर्थमन्त्री पौडेल र मेयर अचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं, फागुन ३ : अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

पोखरामा शनिबार दिउँसो पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा बेलुन पड्काँदा अर्थमन्त्री पौडेल र मेयर अचार्य घाइते भएका थिए। घटना लगत्तै अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल हस्पिटल पोखरामा लगिएको थियो।

त्यहाँ उपचार पछि दुवैलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो। उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो।

बेलुन पड्कँदा अर्थमन्त्री पौडेलको हातमा र अनुहारको केही भागमा पोलेको छ भने मेयर आचार्यको अनुहार र टाउकोमा टोपी नभएको भाग जलेको छ। आचार्यलाई बढी असर गरेको बताइएको छ।

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, फागुन ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्