Kathmandu Press

पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्कँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएपछि मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन्।
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्कँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

कास्की, फागुन ३ : पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएपछि मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन्।

Hardik ivf

मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए। 

मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए।  

भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा पड्किएको थियो। सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए।
 
प्रकाशित मिति: १४:५३ बजे, शनिबार, फागुन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्