Kathmandu Press

लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाद्वारा कारवाहीको माग

सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेको छ। 
लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाद्वारा कारवाहीको माग

काठमाडौं, फागुन ३ : लेवनानमा नेपाली शान्ति सैनिक माथि आक्रमण भएको छ। 

नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोय माथि आक्रमण भएको हो।

रातको समयमा उत्तेजित भिडले उनको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत जनाएको छ।

सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेको छ। 

ढकाल खतरा मुक्त रहेको सेनाले जनाएको छ।
 
प्रकाशित मिति: १३:५६ बजे, शनिबार, फागुन ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्