‘देउवालाई प्रधानमन्त्री बनाउन कम्युनिस्ट पार्टीहरू जतिबेला पनि तयार छन्’
‘शेरबहादुर देउवाले प्रधानमन्त्री बन्छु भन्नु अघिल्लो दिन नै बनाउनका लागि कम्युनिस्ट पार्टीका नेताहरू तयार छन्,’ रिजालले भने ।
काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले कम्युनिस्ट पार्टीहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जतिबेलै पनि तयार रहेको बताएका छन्।
शनिबार आयोजित ‘नेपालमा संघीयता र समावेशीकरण स् संरचना र अभ्यास’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता रिजालले प्रधानमन्त्री बन्न देउवाले इच्छा राखे त्यो पुरा गर्न एमाले र माओवादी केन्द्र लगायतका पार्टीका नेताहरू जतिबेलै तम्तयार हुने बताए।
‘शेरबहादुर देउवाले प्रधानमन्त्री बन्छु भन्नु अघिल्लो दिन नै बनाउनका लागि कम्युनिस्ट पार्टीका नेताहरू तयार छन्,’ रिजालले भने ।
कांग्रेसले विगतदेखि नै कम्युनिस्टहरूलाई बोक्दै हिँडेको उनले बताए । ‘हामी कांग्रेसले कम्युनिस्टहरूलाई बोकेरै हिँडेको छ। विगतमा पनि बोकेका थियौं, अहिले पनि बोकिरहेकै छौं,’ रिजालले भने।
नेता रिजालले नेपालमा संघीय व्यवस्था फरक रहेको बताउँदै एकात्मक शासनबाट संघीय शासनमा गएको हुनाले राजनीतिक दल, राज्यका निकायहरू पनि त्यसरी नै अगाडि बढ्नुपर्ने र कार्यान्वनयमा जानुपर्नेमा जोड दिए।,
संघीयता कार्यान्वयनका कानुन निर्माणका लागि सरकारले कानुन निर्माण गर्नुपर्ने पनि उनको भनाइ छ । अहिलेको कांग्रेस र एमालेको सरकारले संघीयता निर्माणका कानुन अगाडि बढाउनुपर्ने तर नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको डा.रिजालले उल्लेख गरे।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

