Kathmandu Press

सत्ता साझेदार दलको बैठक बस्दै

बिहान ११ बजे बस्ने भनिएको बैठकमा सरकारले ल्याएका अध्यादेशका बारेमा छलफल हुनेछ।
सत्ता साझेदार दलको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं, फागुन ३ : आज सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। 

बिहान ११ बजे बस्ने भनिएको बैठकमा सरकारले ल्याएका अध्यादेशका बारेमा छलफल हुनेछ।

यस्तै, बैठकमा संविधान संशोधनका विषयमा पनि छलफल हुने बताइएको छ। संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

शुक्रबार साँझ मात्रै दुई दलका शीर्ष नेतासहित उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो।

प्रकाशित मिति: १०:४३ बजे, शनिबार, फागुन ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्