Kathmandu Press

चितवनको मार्की खेलाडी बने अञ्जन विष्ट

चितवनको मार्की खेलाडी बने अञ्जन विष्ट

काठमाडाैं, फागुन २ : नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्टले तेस्रो संस्करणको नेपाल सुपर लिग पनि फरक टिमबाट खेल्ने भएका छन्।

अञ्जनलाई एफसी चिवतनले मार्की खेलाडीका रुपमा अनुबन्धन गरेसँगै उनले एनएसएलका तीनै संस्करण फरक टिमबाट खेल्ने पक्का भएको हो।

यसअघि उनले पहिलो संस्करण ललितपुर सिटी एफसी, दोस्रो संस्करण झाप एफसीबाट खेलेका थिए। दुवै टिममा उनी मार्की खेलाडी नै थिए।

Hardik ivf

अन्जन एनएसएलका तीन संस्करणमा तीन फरक क्लबबाट मार्की बन्ने एक मात्र खेलाडी हुन्।

चितवन एफसी र अञ्जनबीच औपचारिक सम्झौता भइसकेको छ। चिवतनले सामाजिक सञ्जालमार्फत् अञ्जनलाई मार्की खेलाडीका रुपमा सर्वाजनिक गरेको छ। उनको सम्झौता रकम भने खुलाइएको छैन।

चितवनमा अघिल्लो सिजन गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडी थिए। अघिल्लो सिजन चिवतन एफसीले लिग सातौं स्थानमा सकाएको थियो।

एनएसएलको तेस्रो संस्करण चैत १६ गते सुरु हुनेछ भने खेलाडी अक्सन फागुन १० गते हुनेछ।

अघिल्लो पटक ९ टिम रहेको एनएसएलमा यो पटक ७ टिममात्र रहने छन्।


 

प्रकाशित मिति: २१:४५ बजे, शुक्रबार, फागुन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्