Kathmandu Press

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत

काठमाडौंको बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ।
बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत

काठमाडौं, फागुन २ : काठमाडौंको बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ।

मर्मत सम्पन्न गरी पानी वितरण सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तारहरु भूमिगत गर्न खन्ने क्रममा बुधबार बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो।

बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्