Kathmandu Press

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं, फागुन २ : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन्।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता दिनेलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

यसअघि यसै साता दुुईपटक संयन्त्रको कार्यदल बैठक सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्