Kathmandu Press

कोरोनाले भारतमा एकैदिन ५८ को मृत्यु, संक्रमित ३० हजार पुग्दै

काठमाडौं, वैशाख १६ : कोरोना भाइरसका कारण भारतमा एकैदिन ५८ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो।

भारतीय स्व....

कोरोनाले भारतमा एकैदिन ५८ को मृत्यु, संक्रमित ३० हजार पुग्दै

काठमाडौं, वैशाख १६ : कोरोना भाइरसका कारण भारतमा एकैदिन ५८ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोना संक्रमितको उपचारका क्रममै मृत्यु भएको हो। सबैभन्दा बढी महाराष्ट्रमा एकैदिन २७ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ सय ४० पुगेको छ।

त्यस्तै, कोरोना संक्रमितको संख्या पनि ३० हजार नजिक पुगेको छ। मंगलबार बिहानसम्म २९ हजार तीन सय ७५ जनामा कोरोना देखिएको छ। अहिलेसम्म सात हजार एक सय ३९ जनाको निको भएका छन भने २१ हजार तीन सय ७५ जनाको उपचार भइरहेको छ।

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा आठ हजार पाँच सय ९० जनामा कोरोना देखिएको छ। गत २४ घन्टामा मात्रै नयाँ पाँच सय २२ जना संक्रमित देखिएका छन्।

त्यस्तै, गुजरातमा पनि दुई सय ४७ जना नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म गुजरातमा तीन हजार पाँच सय ४८ जनामा कोरोना देखिएको छ।

यसैगरि दिल्लीमा तीन हजार एक सय आठ, राजस्थानमा दुई हजार दुइृ सय ६२, मध्य प्रदेशमा दुई हजार एक सय ६८ र तामिल नाडुमा एक हजार नौ सय ३७ जनामा कोरोना देखिएको छ।

नेपालसँग जोडिएका राज्यमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। उत्तर प्रदेशमा एक हजार नौ सय ५५, पश्चिम बंगालमा ६ सय ९७, बिहारमा तीन सय ४५ र उत्तराखण्डमा ५१ जनामा कोरोना देखिएको छ।

 

 

 

प्रकाशित मिति: ०९:५७ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्