वृद्धाश्रममा प्रणय दिवस

काठमाडौं, फागुन २ : प्रणय दिवसका दिन शुक्रबार युवायुवती आफ्ना जोडीसँग रमाउँदै गर्दा युवाहरुको एउटा समूहले भने काठमाडौंमा फरक शैलीमा प्रेम दिवस मनायो ।
लियो क्लब अफ काठमाडौं, निर्वणामा आवद्ध युवाहरुको समूहले पशुपतिस्थित वृद्धाश्रमका वृद्धवृद्धाहरूको स्याहारसुसार गरी प्रणय दिवस मनाएका छन्।
वृद्धवृद्धालाई नुहाइदिने, दाह्री खौरने, सरसफाई जस्ता काम गरी सेवा गरी उनीहरुले प्रणय दिवस मनाएका हुन्।
वृद्धाश्रममा लियो क्लब अफ काठमाडौंका सदस्यहरुले सामाजिक र परोपकारी भावनाले वृद्धावृद्धाको हेरचाह गरेर माया साटासाट गरे।
‘वृद्धवृद्धालाई राखिँदै आएको आश्रममा सरसफाइ गरियो । वृद्धहरुको दाह्रीकपाल काटेर उनीहरुलाई नुहाइदिने कम पनि गरियो,’ कार्यक्रमका संयोजक राजन खनालले भने।
प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनुको सट्टा सामाजिक भावले वृद्धवृद्धाको सेवा गरिएको खनालले बताए।
प्रणय दिवसमा यस्तो शैलीको कार्यक्रम विगत ८ वर्षदेखि निरन्तर गरिरहेको जानकारी पनि उनले दिए।








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


