गण्डकी प्रदेशसभाले स्वीकृत गर्यो अस्थायी कर्मचारी भर्नाका लागि ल्याएको अध्यादेश
अस्थायी कर्मचारी भर्ना गर्न गण्डकी प्रदेशले जारी गरेको अध्यादेश संसदबाट स्वीकृत भएको छ ।
पोखरा, फागुन २ : अस्थायी कर्मचारी भर्ना गर्न गण्डकी प्रदेशले जारी गरेको अध्यादेश संसदबाट स्वीकृत भएको छ ।
करारमा कर्मचारी राख्न भन्दै बनाइएको निजामती सेवा ऐनले काम गर्न नसकेपछि सरकारले अध्यादेश ल्याएको हो।
उक्त अध्यादेश शुक्रबारको संसद् बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । उक्त अध्यादेश सभामुख कृष्णप्रसाद धितालले उक्त अध्यादेश सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
गण्डकी प्रदेशले यसअघि जारी गरेको निजामती सेवा ऐनले करारमा कर्मचारी राख्न बन्देज गरेको थियो।
संघीय कानुनको दफा ११ मा भएको अस्थायी नियुक्ति सम्बन्धी व्यवस्थाका आधारमा अध्यादेश आएको हो।
प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












