गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन
गुठी संस्थान समेतको आवश्यक समन्वयमा कानूनी व्यवस्थाको तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो।काठमाडौं, फागुन २ : शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी किसानहरुले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
गुठी संस्थान समेतको आवश्यक समन्वयमा कानूनी व्यवस्थाको तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो।
समिति सभापति कुसुम देबी थापाले स्वर्गद्वारी गुठी किसानहरुका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेर तर्जुमा गर्न निर्देशन गरेको जानकारी गराइन्।
‘गुठी पीडितले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनीव्यवस्थाको तर्जुमा, गुठी संस्थान समेतको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयलाई निर्देशन गरिएको छ,’ उनले भनिन्, ‘यसमा परेका समस्या सम्बन्धी विषय तथा कार्य प्रगती विशेष समितिलाई जानकारी गराउन समेत निर्देशन गरिन्छ।’
उनले छिटोभन्दा छिटो समस्याहरु समितिलाई उपलब्ध गराउन अनुरोध समेत गरिएको बताइन्।












