Kathmandu Press

सुधार केन्द्रभित्रै कुटपिट गरी युवकको हत्या, सात जना पक्राउ 

कलैया–९ रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ। 
सुधार केन्द्रभित्रै कुटपिट गरी युवकको हत्या, सात जना पक्राउ 

बारा, फागुन २ : बाराको कलैयास्थित सुधार केन्द्रमा एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ । हत्या प्रकरणमा संलग्नताको आरोपमा सातजना पक्राउ परेका छन्। 

प्रहरीका अनुसार शुक्रबार बिहान कलैया भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा हत्या भएको थियो। 

कलैया–९ रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ। 

कुटपिटबाट घाइते भएका मण्डललाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा जाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। 

हत्यामा संलग्नताको आरोपमा पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सरार्फ, महमद आशु मिँया शेख, अरूण सरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्