Kathmandu Press

नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक त्रिशुलीमा खसेर वेपत्ता

शुक्रबार १२ बजेतिर बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  
नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक त्रिशुलीमा खसेर वेपत्ता

चिवतन, फागुन २ : नारायणगढ–मुग्लिन सडकखण्डको ईच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परेको छ। 

शुक्रबार १२ बजेतिर बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार ईच्छाकामनाको कालीखोलामा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनापछि चालक त्रिशूली नदीमा खसेको स्थानीयले बताएका छन्। दुर्घटना स्थलबाट लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको भेटिएको बिलबुक, नागरिता, भारतीय सेनाको आईडी भेटिएको छ।

प्रहरीले त्रिशुलीमा वेपत्ताको खोजी सुरु गरिसकेको छ। वेपत्ताको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित भएका छन्। 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्