Kathmandu Press

जलवायु न्याय आवश्यक छ : मन्त्री शाही

शुक्रबार जलवायु सम्बन्धि एक पुस्तक विमोचन समारोहमा बोल्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि नेपालले पीडाहरु भोग्नु परेको बताएका छन्। 
जलवायु न्याय आवश्यक छ : मन्त्री शाही

काठमाडौं, फागुन २ : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले नेपालले जलवायुजन्य असरको कारण पीडाहरु भोग्नु परेको भन्दै जलवायु न्याय हाम्रो लागि अत्यन्तै आवश्यक रहेको बताए। 

शुक्रबार जलवायु सम्बन्धि एक पुस्तक विमोचन समारोहमा बोल्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि नेपालले पीडाहरु भोग्नु परेको बताएका छन्। 

‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनको असरले अप्ठ्यारो परेको सबैलाई थाहा छ। हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि हामीले जलवायुजन्य असरको कारण पीडाहरु भोग्नु परेको छ । जलवायु न्याय हाम्रा लागि अत्यन्तै आवश्यकता छ,’ उनले भने।

मन्त्री शाहीले जलवायु वित्त प्रवाहको लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषहरुबाट लाभ लिन सक्नुपर्ने बताए। उनले जलवायु वित्तमार्फत आउने सहयोगहरु प्रतिस्पर्धात्मक हुने पनि बताए। 
 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्