बालमन्दिर अनियमितता प्रकरणमा मानवअधिकार आयोगले पनि थाल्यो अनुसन्धान
आयोगका सहसचिव तथा प्रवक्ता डा.टिकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढीसकेको जानकारी दिएका छन् । यता, संगठनकै पूर्व पदाधिकारीविरुद्ध प्रहरीमा पनि ठगीको जाहेरी परेको छ।
काठमाडौं, फागुन २ : राष्ट्रिय मानवअधिकार आयोगले नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा अनियमितता विवादमा अनुसन्धान थाल्न भएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता डा.टिकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढीसकेको जानकारी दिएका छन् । यता, संगठनकै पूर्व पदाधिकारीविरुद्ध प्रहरीमा पनि ठगीको जाहेरी परेको छ।
आयोगका अनुसार उक्त प्रकरणमा आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार भएको छ।
आयोगले यस घटनामा स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरेर अनुसन्धान अघि बढाएको बताएको छ।
आयोग प्रवक्ता डा.पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निज उपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेको भनी विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

