Kathmandu Press

बुढानिलकण्ठमा कांग्रेस संस्थापन पक्षको बैठक 

संस्थापन पक्षको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। 
बुढानिलकण्ठमा कांग्रेस संस्थापन पक्षको बैठक 

काठमाडौं, फागुन २ : नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्कासहित देउवा निकटका शीर्ष नेताहरू सहभागी छन्। 

संस्थापन पक्षको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। 

बैठकमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, डा.शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, बालकृष्ण खाण, डा.प्रकाशशरण महतलगायत सहभागी छन्।
 
प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्