द क्लिफले सञ्चानलमा ल्यायो मेगाट्रोल
मेगाट्रोलका लागि एक जनाको ४ हजार र तीन जनाले नै गरेमा ९ हजार ५०० शुल्क निर्धारण गरिएको छ।
पर्वत, फागुन २ : कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ।
साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ।
बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ। यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ।
मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्की बताउँछन्। उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछ भने एक पटकमा सातदेखि १२ मिनेटसम्म लाग्छ। यसको गति बढाउन पनि सकिनेछ।
मेगाट्रोल सञ्चालनका लागि चार करोड लगानी गरिएको सञ्चालक कार्की बताउँछन्। उनी भन्छन्, ‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको अनुभव दिन्छ।’
एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको हो। दुई साताअघि नै यसको सफल परीक्षण गरिएको थियो।
मेगाट्रोलका लागि एक जनाको ४ हजार र तीन जनाले नै गरेमा ९ हजार ५०० शुल्क निर्धारण गरिएको छ।
‘द क्लिफ’ले भ्यालेनटाइन डेका अवसर जोडी बञ्जीसमेत सञ्चालन गरेको छ । यसअघि एकजना मात्र बञ्जी गर्न मिल्नेमा दुईजना एकैसाथ मिल्नेगरी सञ्चालनमा ल्याइएको हो।





-1777018433.jpg)





-1777018433.jpg)
-1744698085.png)