Kathmandu Press

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पौडेल

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टी विधानको धारा ३६ (घ) बमोजिम प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन्।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पौडेल

काठमाडौं, फागुन २ : डा. कृष्णप्रसाद पौडेल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक नियुक्त भएका छन्।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टी विधानको धारा ३६ (घ) बमोजिम प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन्।

कास्कीका नेता पौडेल हाल काठमाडौंमा रहेर पार्टीको प्रशिक्षण कार्यहरूमा सक्रिय थिए। 

त्यस्तै, अनुसन्धानतर्फको निर्देशकमा चितवनका डा. सञ्जय महतो थारूलाई नियुक्त गरेका छन्।

प्रकाशित मिति: ११:०१ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्