Kathmandu Press

अपाङ्गता मैत्री वनाईदै सातौ स्याङ्जा महोत्सव

स्याङ्जा जिल्ला उधोग वाणिज्य संघ ले फाल्गुण ६ देखि १८ गते सम्म संचालन गर्ने सातौ स्याङ्जा महोत्सवलाई सवैको अपनत्व एवं सहज पहुँच हुने गरी अपाङ्गता मैत्री बनाईने भएको छ।
अपाङ्गता मैत्री वनाईदै सातौ स्याङ्जा महोत्सव

काठमाडौं, फागुन २ : स्याङ्जा जिल्ला उधोग वाणिज्य संघ ले फाल्गुण ६ देखि १८ गते सम्म संचालन गर्ने सातौ स्याङ्जा महोत्सवलाई सवैको अपनत्व एवं सहज पहुँच हुने गरी अपाङ्गता मैत्री बनाईने भएको छ।

अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको विशेष अनुरोधमा  अपागता भएका व्याक्तिहरुको सहजताका लागि अपागता परिचय पत्रका आधारमा नि:शुल्क प्रवेश, प्रवेशद्वारमा छुट्टै प्रवेशको संरचना, महोत्सव को मुख्य स्थल (स्टेज) मा अशक्त , अपागता भएका व्याक्तिहरुका लागि छुट्टै उपयुक्त वसाई व्यवस्थापन, अपांगता भएका कलाकारहरुलाई प्रतिभा प्रदर्शनमा प्राथमिकता लगायतका कार्य गरिने स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले बताए । 

Hardik ivf

अपाङ्गता भएका व्याक्तिहरुको सहजीकरण का लागि अपागता अधिकारकर्मी एवं अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रीय अध्यक्ष युवराज पराजुली को संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन गरिएको, अपाङ्गता सम्वन्धि सचेतता सामाग्री प्रर्दशनी को लागि स्टलको व्यवस्थापन सहित सामाजिक उतरदायित्व तर्फबाट यो वर्गका लागि विशेष योजना वनाउने सोच रहेको स्याङ्जा जिल्ला उधोग वाणिाज्य संघका महासचिव रविन केसीले वताए । 

महोत्सव पुतलीबजार नगरपालिका वडा नं १ मालेवगर खेलमैदान फागुन ६ गतेबाट शुरु हुदैछ।

प्रकाशित मिति: ०८:१७ बजे, शुक्रबार, फागुन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्