Kathmandu Press

प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउ

ठमेलमा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि माघ २४ गते राति जोशीसहितको समूहले कुटपिट गरेको थियो। घटना लगत्तै प्रहरीले ५ जनाविरुछ पक्राउ पुर्जी भएको थियो भने जोशी भने फरार भएका थिए।
प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउ

काठमाडौं, फागुन १ : ड्यूटी खटिएका प्रहरीमाथि कुटपिट गर्ने एमाले भातृ संगठन अखिल क्रान्तिकारीका नेता कमलराज जोशी पक्राउ परेका छन्।

प्रहरीले जोशीलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

ठमेलमा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि माघ २४ गते राति जोशीसहितको समूहले कुटपिट गरेको थियो। घटना लगत्तै प्रहरीले ५ जनाविरुछ पक्राउ पुर्जी भएको थियो भने जोशी भने फरार भएका थिए।

ड्युटीमा रहेका प्रहरी कुट्ने सत्तारुढ दल एमाले निटक जोशीलाई उन्मूक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो। लगत्तै गृहमन्त्री रमेश लेखकले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

पक्राउ पुर्जी जारी भएकामध्ये ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। 

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्