Kathmandu Press

नेसपा अध्यक्षमा डा. भट्टराई निर्वाचित

काठमाडौंमा भएको पहिलो महाधिवेशनबाट डा. भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।
नेसपा अध्यक्षमा डा. भट्टराई निर्वाचित

काठमाडौं, फागुन १ : नेसपा (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। 

काठमाडौंमा भएको पहिलो महाधिवेशनबाट डा. भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले अध्यक्षका प्रत्यासी नेत्र चापागाईंलाई पराजित गरे। 

यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो।
 

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्