Kathmandu Press

ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिट पूर्ण इजलासमा 

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ गर्दै विहीबार पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। अब यो विवादमा तीनजना न्यायाधीश संलग्न सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई हुने छ। 
ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिट पूर्ण इजलासमा 

काठमाडौं, माघ १७ : सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित दायर रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ गर्दै विहीबार पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। अब यो विवादमा तीनजना न्यायाधीश संलग्न सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई हुने छ। 

Hardik ivf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास घोटाला प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले २०७६ माघ २९ मा रिट दिएका थिए। 

यसपछि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोही विवादमा किर्ते मुद्दा चलाउँदा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई उन्मुक्ति दिएको दाबीसहित अर्को रिट दायर भएको थियो। 

ललिता निवासको १३६ रोपनी सरकारी जग्गा घोटाला गरिएको निष्कर्षसहित अख्तियारले १ सय ७५ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा नेपाल र भट्टराईलाई प्रतिबादी कायम नगरेको भन्दै सर्वोच्चमा प्रश्न उठेको हो। 

मन्त्रिपरिषद्का नीतिगत निर्णयमा मुद्दा नचल्ने भन्दै अख्तियारले बयान लिएर पनि सफाई दिएको थियो । यही विवादलाई सुनुवाईका लागि सर्वोच्चको संयुक्त इजलासले बिहीबार पूर्ण इजलासमा पठाएको हो । 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्