Kathmandu Press

शंखरापुर स्कुल बस दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

उनीहरू उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
शंखरापुर स्कुल बस दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
फाइल तस्बिर।

काठमाडौं, फागुन १ : काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन्। 

उनीहरू उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको थियो।

Hardik ivf

सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र सुशांकको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अहिले दुई जनाको केएमसी अस्पतालमा, ९ जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिसिटी अस्पतालमा, २ जनाको शिक्षण अस्पताल महाराजगञ्जमा, १ जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र १ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्