Kathmandu Press

सहसचिव बढुवाका लागि ११ जनाको नाम सिफारिस, को–को परे?

लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा सहसचिवमा ११ जना र तीन जना वैकल्पिक उम्मेदवारको नाम सिफारिस भएको हो। 
सहसचिव बढुवाका लागि ११ जनाको नाम सिफारिस, को–को परे?

काठमाडौं, फागुन १ : लोकसेवा आयोगले नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ। 

लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा सहसचिवमा ११ जना र तीन जना वैकल्पिक उम्मेदवारको नाम सिफारिस भएको हो। 

आयोगले बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौँ चन्द्रागिरिका रोशा ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका रोशन पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया, कञ्चनपुर भिमदत्तका धर्मराज जोशी, स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचोपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुंगा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गरी र स्याङ्जा पुतली बजारका टकनाथ लम्सालको नाम सिफारिस गरेको छ। 

सह सचिवको वैकल्पिक उम्मेदवारहरूमा स्याङ्जा काली गण्डकीका विजय राना, दैलेख दुल्लुका धर्मराज रोकाया र स्याङ्जा आँधिखोलाका प्रविन ढकाल छन् । सिफारिस अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा गर्नेछ।

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्