Kathmandu Press

नेकपा सचिवालय वैठक आज बस्दैं 

काठमाडौं, वैशाख १६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।  नेकपाका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटी....

नेकपा सचिवालय वैठक आज बस्दैं 

काठमाडौं, वैशाख १६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।  नेकपाका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ ।

नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुगेका हुन्।  सहमतिअनुसार सचिवालय बैठक आज बस्ने छ,  हिजो भएको शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको  सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।

 खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएपछि वैठक बोलाईएको हो ।

यसअघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र नै दिएको थियो।  सोमबार नै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो। 

प्रकाशित मिति: ०७:१० बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्