Kathmandu Press

फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रुपमा मनाउन बाबुरामको प्रस्ताव 

उनले शब्दमा जुंगाको लडाई छाडेर जनक्रान्ति दिवसका रुपमा राज्य, राजनीतिक दल र जनताले मनाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन्। 
फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रुपमा मनाउन बाबुरामको प्रस्ताव 

काठमाडौं, फागुन १ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाउन प्रश्ताव गरेका छन्। 

उनले शब्दमा जुंगाको लडाई छाडेर जनक्रान्ति दिवसका रुपमा राज्य, राजनीतिक दल र जनताले मनाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन्। 

उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्ताव राखेका हुन्। ‘जनयुद्ध दिवस’ को नामका विषयमा जारी बादविवादबीच अन्त्य हुनुपर्ने भनाई उनको छ।
 
पूर्वमाओवादी नेता समेत रहेका भट्टराईले आजको दिन नेपालको युगान्तकारी जनविद्रोह सुरु भई संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न थालिएको बताएका छन्। 

उनले भनेका छन्, ‘१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२÷६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौँ।’ 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्