स्ववियु निर्वाचनका लागि कांग्रेसले थाल्यो विद्यार्थी नेताहरूसँग छलफल
कांग्रेसले भातृ संगठन नेविसंघ महाधिवेशन, स्ववियू निर्वाचनलगायत बिष्नयमा समन्वय र सहजीकरणका लागि निर्देशक समिति गठन गरेको छ।
काठमाडौं, फागुन १ : चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि नेपाली कांग्रेसले विद्यार्थी नेताहरूसँग छलफल सुरु गरेको छ।
कांग्रेसले भातृ संगठन नेविसंघ महाधिवेशन, स्ववियू निर्वाचनलगायत बिष्नयमा समन्वय र सहजीकरणका लागि निर्देशक समिति गठन गरेको छ।
निर्देशक समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठोर छन् भने सदस्यमा प्रतिमा गौतम र राजीव ढुंगाना छन्।
समितिले काठमाडौँ उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर स्ववियुको निर्वाचनबारे सुरु गरेको हो।
विद्यार्थी नेतासँग स्ववियु निर्वाचन गराउने वातावरण बनाउन र क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल भएको छ । समितिले चुनावको वातावरण तयार गर्न निर्देशन दिएको समेत जनाइएको छ।
यसअघिको स्ववियू निर्वाचनमा नेवि संघले त्रिभुवन विश्वविद्यालय, आर्युर्वेद, पद्मा कन्या, शंकरदेव, पब्लिक युथलगायत क्याम्पसमा जित हासिल गरेको थियो।












