Kathmandu Press

शंखरापुरमा भएको दुर्घटनामा गम्भीर घाइतेलाई मेडिसिटी लगियो 

दुर्घटनामा परी घाइते भएका २७ जनाको डिस्चार्ज भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते विद्यार्थीलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको हो। 
शंखरापुरमा भएको दुर्घटनामा गम्भीर घाइतेलाई मेडिसिटी लगियो 

काठमाडौं, फागुन १ : काठमाडौंको शंखरापुरमा बुधबार भएको बस दुर्घटनामा परी गंभिर घाइते भएका विद्यार्थीलाई मेडिसिटी लगिएको छ। 

दुर्घटनामा परी घाइते भएका २७ जनाको डिस्चार्ज भएको प्रहरीले जनाएको छ । १६ जनाको उपचार भइरहेको छ।

Hardik ivf

त्यसमध्ये गम्भीर घाइते विद्यार्थीलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको हो। 

वनभोज गएर फर्किएको चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थीहरू चढेको गाडी शंखरापुर नगरपालिका– ५ मा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परी तीनजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्