Kathmandu Press

अध्यक्ष दाहालद्वारा हेलीप्याड र पिस पार्कको उद्घाटन

बिहीबार मालिका गाउँपालिका–४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेका हुन्। 
अध्यक्ष दाहालद्वारा हेलीप्याड र पिस पार्कको उद्घाटन

गुल्मी, फागुन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन्।

बिहीबार मालिका गाउँपालिका–४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेका हुन्। 

उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेका छन्।

्हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको अध्यक्ष दाहाले बताए।

उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै  हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे। 

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीयको उपस्थिति थियो। 

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्