Kathmandu Press

एञ्जिलाकाे घर निर्माणका लागि बेलायत प्रिमियर हुँदै ‘अञ्जिला’ 

फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण युनिटले फिलम फागुन ३ गते लन्डनस्थित अल्डरसटमा रहेको एम्पायर विशेष प्रदर्शनी जानकारी दिएको छ।
एञ्जिलाकाे घर निर्माणका लागि बेलायत प्रिमियर हुँदै ‘अञ्जिला’ 

काठमाडौं, फागुन १ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको घर निर्माण गर्ने उद्देश्यले उनकै जीवनमा आधारित फिल्म ‘अञ्जिला’को बेलायतमा विशेष प्रदर्शनी गरिने भएको छ। 

फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण युनिटले फिलम फागुन ३ गते लन्डनस्थित अल्डरसटमा रहेको एम्पायर विशेष प्रदर्शनी जानकारी दिएको छ।

Hardik ivf

निर्देशक मिलन चाम्सले फिल्म कप्तान एञ्जिलाको जीवन सङ्घर्ष र सफलतालाई समेटिएको जानकारी दिए। 

‘कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण फिल्म उनका शुभचिन्तकका लागि खास छ । विशेष प्रदर्शनीमार्फत उठेका रकमलाई कप्तान सुब्बाकै घर निर्माणमा खर्चिने छौँ,’ उनले भने, ‘हामी माध्यममात्र बनेका हौँ, सङ्कलित रकम सुब्बाकै मातहतमा सिधै पुग्ने गरेको छ।’

उनले ‘अञ्जिलाको आफ्नै घर’ अभियान अन्तर्गत मङ्सिरमा हङकङमा विशेष प्रदर्शनी भइसकेको जानकारी दिए। आउँदो फागुन २९ देखि नेपाल प्रदर्शन तय गरिएको फिल्म त्यसअघि अन्य केही देशमा पनि विशेष प्रदर्शनी हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा एञ्जिलासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतको अभिनय छ। 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्